काठमाण्डौ, साउन १३ । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से आज १३ दशमलव ०५ अङ्कले बढेर दुई हजार एक सय ४० दशमलव ५२ विन्दुमा पुगेको छ ।
आज दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो ।
आज जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
समग्र बजार बढे पनि बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै साढे तीन प्रतिशतले घटेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com