काठमाडौं, १९ भदौ । गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ ।
डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।
फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् ।
इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।
गीतको भिडियो लिंक : https://youtu.be/EvwIzr8ZDSA
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com