साउन, १ । सरकारले बाढि पहिरोका कारण मृत्यु भएकाहरुको परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरुको परिवारलाई राहत उपलव्ध गराउने निर्णय गरेको हो । बिपद्का कारण बेपत्ता भइ घटना घटेको १० दिनसम्म फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलव्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले २०८२ असार मसान्त सम्म नेपाललाई सडक बालबालिकामुक्त बनाउने निर्णय गरेको छ । कीर्तिपुर क्रिकेट मैदानलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार फ्लडलाइट जडान र प्याराफिट निर्माण कार्य तीन सय दिन भित्र सम्पन्न गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो । बैठकले परिवर्तित समयलाई मध्यनजर गर्दै मन्त्रीपरिषद तथा मन्त्रीपरिषदका बिभिन्न समितिहरुमा प्रक्रियामा रहेका वा प्रक्रिया नलगिएका सम्पूर्ण प्रस्तावहरु सम्बन्धीत मन्त्रालयमा फिर्ता गर्ने निर्णय भएको उहाले बताउनुभयो ।
त्यस्तै बैठकले जाजरकोट भूकम्प प्रभावितहरुलाई दोश्रो र तेश्रो किस्ता उपलव्ध निर्णय गरेको छ भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव लिलादेवी गर्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवादी दिने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी ओलीले मन्त्रालयबीच समन्वयका साथ अघि बढ्न निर्देशन दिनुभएको छ भने एक महिनाभित्र केहि फरक देखाउने गरि काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभएको सरकारका प्रवक्ता गुरुङले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com