साउन, २२ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चाडपर्व सुरु हुनुभन्दा अघि नै दैनिक उपभोग्यबस्तुको अस्वभाविक मूल्यबृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले चाडपर्वमा हुनसक्ने कालाबजार र अस्वभाविक मूल्यबृद्धि नियन्त्रणका लागि अहिले देखि नै अनुगमन गरि प्रभावकारी काम गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रुपमा राख्ने व्यवस्था गर्न र अन्तरसमन्वय कायम गरि प्रभावकारी रुपमा बजार अनुगमन गर्न पनि निर्देशन दिएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले अत्यावश्यक बस्तुमा हुने गरको मूल्य बृद्धिका साथ कृत्रिम अभावका कारण आमनागरिक आक्रान्त भइरहेकाले मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको उहाले बताउनुभयो ।
उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपुर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा समितिले सरकारी निकायसंग छलफल गरेको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com