काठमाण्डौँ । यहि बैशाख १८ र १९ गते कोशी प्रदेशको विराटनगरमा आयोजना गर्न लागिएको प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ । वुधवार विराटनगरमा प्रदेश लगानी सम्मेलनको तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कोशी प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयले सम्मेलनको तयारी पुरा भएको जनाएको हो । औद्योगिक वातावरण बनाई रोजगारी सिर्जना गर्न र व्यवसायिक क्षेत्रलाई उत्साह प्रदान गर्नका लागि लगानी सम्मेलनमा करिब ३१ अर्व २ करोड रुपैया बराबरको १५ वटा परियोजनाको एमओयु गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।
त्यस्तै करिब १ खर्ब ३९ अर्ब ३० करोड ५२ लाख रुपैया बराबरको ५४ वटा परियोजनाहरु प्रदेश लगानी प्राधिकरणले शोकेसिंग गरेकोमा १५ वटा परियोजनाको सम्मेलनका बेला सम्झौता गरिने बताइएको छ । स्वच्छ, सुखी र समुन्नत प्रदेश भन्ने लक्ष्य प्राप्तिका लागि लगानीको वातावरण बनाई पूँजी निर्माण गर्ने सम्मेलनको उद्देश्य भएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताउनुभयो । उहाले कृषि र पर्यटनको विकास कोशी प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार रहेकाले यसैलाई लक्षित गरि परियोजनाहरु शोकेसिंग गरिएको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले लगानी सम्मेलनका लागि शोकेसिंग गरिएका परियोजनाको छनौट विधि, लगानी सम्मेलनको उद्देश्य र सफलताको आधारबारे जानकारी गराउनुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com