काठमाण्डौ, साउन २० । केही समयअघि प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट गायिका मेलिना राईले तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिएकाले इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी हुन् ।
संगीतकर्मी समेत रहेका प्रेमी सञ्जीव बराइलीसँग केही महिनाअघि मेलिनाले इन्गेजमेन्ट गरेकी थिइन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत बताएकी छन् । राईले लेखेकी छिन्, ‘समय छोटो भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन ।’
आजकै मितिदेखि इन्गेजमेन्ट तोडिएको र यसबाट शुभचिन्तकमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छु, ‘उनले लेखेकी छन् ।’ गायिका राईले भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाट देशको सेवा गर्ने पनि बताएकी छन् ।
गएको वैशाख २ गते मेलिना र प्रेमी सञ्जीवले इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक भएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com