काठमाडौँ । फिल्म ‘महाजात्रा’ निर्माण युनिटले बुधवार राजधानीको विजेश्वरी मन्दिरमा बौद्ध परम्परा अनुसार हवन गर्दै फिल्मको शुभमुहूर्त गरेको छ ।
मुहूर्तमा वरिष्ठ अभिनेता हरिवंश आचार्यसहित अशोक शर्मा, ओम प्रकाश अग्रवाल फिल्मका कलाकार विपिन कार्की, राजाराम पौडेल, बर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल लगायत प्राविधिक तथा रंगपत्रकारको रहेको थियो ।
फिल्मको निर्देशक प्रदीप भट्टराई रहेका छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सले त्यसको सिक्वेलको रूपमा ‘महाजात्रा’ बनाउन लागेको हो । फिल्ममा विपिन कार्की, हरिवंश आचार्य, राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देल, सुमन कार्की, प्रेम पाण्डे लगायतको अभिनय रहनेछ । फिल्मको सुटिङ आजै बुढानीलकण्ठबाट सुरु हुँदै छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com