काठमाडौं, १७ कात्तिक । रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ बोलको गीत सार्वजनि भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। बाबुल गिरी र एलिना चौहानको स्वर रहेको गीतमा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, समर्पणजंग कार्की, बेनिशा हमाल, तेज गिरीको फिचर्ड रहेको छ
शंकर अधिकारी ‘घायल’ को शब्द रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। यो फिल्म फागुन २५ गतेदेखि प्रदर्शन हुनेछ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com