काठमाण्डौ, साउन २२ । अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएको गोलाबारीमा चार जनाको मृत्यु भएको छ । डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो । आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते पनि भएका छन् ।
गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन् । प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com