काठमाडौँ – नेपाल आयल निगमले सत्ता गठबन्धनको निर्णय अनुसार पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ ।
निगम सञ्चालक समितिले आज बसेको बैठकमा मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य अब १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ ।
घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com