काठमाण्डौ, साउन ४ । वितेको पाँच वर्षको अवधिमा वैदेशिक रोजगारमा जानेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिनेको संख्या ६ लाख नाघेको छ ।
असार ३० गतेसम्मको वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ६ लाख २८ हजार ५०३ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् । यो संख्या आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्मकै उच्च भएको विभागले बताएको छ । विभागको तथ्यांक हेर्ने हो भने चार वर्ष निरन्तर ओरालो लागेको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष बढेको देखिन्छ ।
आर्थिक वर्ष २०७४/०७५ मा पाँच लाख ७९ हजार ७२१ पुरुष र ३२ हजार ९६४ महिला गरी ६ लाख १२ हजार ६८५ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएको देखिन्छ ।
आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आव २०७४/०७५ मा वैदेशिक रोजगारमा जानेको संख्या २९ हजार ४११ कम थियो। त्यसयता २०७७/०७८ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दै गएको तथ्यांकले देखाउँछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com