काठमाण्डौ, साउन ५ । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमारसिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले जानकारी दिए । नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।
त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्यसको बारेमा थप जानकारी लिएर मल चाँडै ल्याउन पहल गर्ने बताएको मन्त्रालयले जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com