भदौ, २३ । जिल्ला अदालत काठमाण्डौले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।
लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी परेपछि सोही विषयबारे अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति माग गरेको थियो । अदालतले अनुमति दिएकाले अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्नेछ ।
लामिछाने भने अहिले देशबाहिर रहेका छन् । बलात्कारको आरोपबारे उनले क्यानसँगको सम्पर्कमा आफ्नो संलग्नता नरेहेको बताउँदै कानुनी सहायताका लागि आग्रह गरेका छन् ।
यता, जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरिसकेको छ । प्रहरीले उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको जनाएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com