भदौ, २६ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले प्रकाशमान सिंहलाई १५ प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो नेतृत्वमा स्थापना भएको दललाई एकदुई वर्ष टिकाउन नसक्नेले काम गरेर देखाउन सक्लान् भन्दै व्यंग्य गरेपछि विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले जवाफ फर्काएका हुन् ।
सिंहले शनिबार काठमाडौं १ का सम्भावित प्रतिस्पर्धीहरुमाथि प्रश्न उठाएका थिए । त्यसको खण्डन गर्दै मिश्रले काठमाडौं १ बाट लगातार चुनाव जितेका सिंहलाई १५ प्रतिप्रश्न गरेका छन् ।
संसद चलेको कुल कति दिन उपस्थित हुनुभयो ? अनुपस्थित भएका दिनको भत्ता लिनुभयो कि भएन ? पूर्वाधार विकास, सम्पदा संरक्षण लगायतका विषयमा के बोल्नुभयो, के गर्नुभयो ? जस्ता प्रश्न उनले गरेका छन् ।
मिश्रले सिंहलाई समाजिक सञ्जालमार्फत स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको भन्दै मिश्रले सिंहलाई राजनीतिबाटै राजीनामा दिने कि ? भन्दै प्रश्न गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com