असोज, २२ । प्रतिनिधिसभातर्फ नेकपा एमाले र जसपा नेपालबीच ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच आज तालमेलको अन्तिम खाका तयार भएको हो ।
तालमेल अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ । एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधिसभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ । यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।
त्यस्तै, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको पाँच वटै निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा पनि एमालेले जसपासँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।
यसैगरी एमालेको समर्थनमा जसपा नेपालले सप्तरी १, २ र ४, सिरहा २ र ४, धनुषा १, महोत्तरी ३ र ४, सर्लाही १ र ४, रौतहट २, बारा २, पर्सा १ र २, रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा उम्मेदवारी दिनेछ ।
तालमेल भएका निर्वाचन क्षेत्रबाहेक अन्यत्र दुवै दलले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । यस्तै, प्रदेशसभातर्फ ४२ सिटमा एमालेले जसपालाई सघाउने भएको छ भने ७० वटा सिटमा एमालेलाई जसपाले सघाउने भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com