असोज, २३ । बाम गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । केसीले आज अपरान्ह सदरमुकाम सल्लेरी स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्न पुगेका केसीसँगै जिल्लाका नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । मनोनयन दर्तापछि नेता केसीले फेरि एकपटक सोलुखुम्बुका नागरिकको घरदैलोमा जान पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।
विसं २०४८ यता सम्पन्न निर्वाचनमा चार पटक जितेका केसीले फेरि सातौँ सोलुखुम्बुमा गठबन्धनकातर्फबाट लड्न लागेका हुन् ।
अघिल्लो चुनावमा भने केसीले हारेका थिए । विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा(माओवादी)का गोपाल किराँतीसँग पराजय भएका केसी अघिल्लो चुनावमा नेकपा (माओवादी केन्द्र) कै हेमकुमार राईसँग पराजय भएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com