असोज, ३० । नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । आगामी निर्वाचनका लागि काँग्रेसले केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार आज ११० सदस्यीय प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति गठन गरेका हुन् ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com