कार्तिक, २२ । सिन्धुपाल्चोक प्रतिनिधि सभा १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधब सापकोटा सुबोधले आफू निर्वाचित भएपछि दलीय घेरा भन्दा माथि उठेर काम गर्ने बताएका छन् ।
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सापकोटाले आफू माओवादी केन्द्रको नेता र गठबन्धनको उम्मेदवार भएपनि निर्वाचित भएपछि सबैको जिवनस्तर उकास्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।
मंगलबार चुनावी घरदैलो तथा मतदाता भेटघाटको क्रममा लिसंखु पाखर गाउँपालिकाको विभिन्न वडाका मतदातासंग नेता सापकोटाले भेटघाट तथा भलाकुसारी गरेका थिए । निर्वाचन पछि नेता गाउँ नछिर्ने भन्ने मतदाताको गुनासोलाई सम्बोधन गर्दै सापकोटाले समय तालिका बनाएर आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा आउने विश्वास दिलाए । लिसंखु पाखरको विभिन्न बस्तिमा आयोजित कोणसभालार्इ सम्बोधन गर्दै नेता सुबोधले ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरे ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ अन्तर्गत प्रदेस सभा १ को उम्मेदवार मसिना खड्का भण्डारीले आफू गठबन्धन र सम्पुर्ण पछि परेको वर्गको साझा उम्मेदवार भएको बताइन् ।
कोणसभामा बोल्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति जंगबहादुर लामा , पुर्व सभापति भुपेन्द्र थापा ,काङ्ग्रेस नेता डा. प्रेमध्वज लामा लगायतले संविधानको रक्षा र स्थायित्वको लागि निर्माण भएको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आव्हान गरे। घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवार सापकोटा र खड्लाइ मतदाताले फुलमालाले भव्य स्वागत गरेर जितका लागि शुभकामना दिएका थिए ।
सरल सहयात्री बलेफीको घरदैलोमा
क्षेत्र नं १ को प्रदेश सभा २ मा गठबन्धनका साझा उम्मेदवार सरल सहयात्री पौडेले आज बलेफी गाउँपालिकाको वडा नं १, २ र ३ मा घरदैलो र मतदाता भेटघाट गरेका छन् ।
माओवादीका प्रदेश सभाका समानुपातिक उम्मेदवार अमृता नेपाल प्रभा, कांग्रेस नेताहरु राम कुमार लामा, सुवास तिमल्सिना लगायतको टोलिलाई जलबिरे, कात्तिके, ढकाल टोल, बनकाली, खमारे, सिम्ले, नौबिसे, कल्लेरी, फुल्पिङकोट, धुस्कोट र चिलाउने लगायत विभिन्न टोल बस्तीमा स्थानीयले भव्य स्वागत एवं सत्कार गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com