पौष, २ । काठमाण्डौँ २ की सांसद सोविता गौतमले ३ वर्षअघि दाजुभाइ टक शो नामको एक युट्युब च्यानलमा बलात्कारको विषयमा गरिएको प्रश्नमा उनले दिएको उत्तरको भिडियो क्लिप यतिबेला भाइरल भएको छ । उनले बलात्कार सामान्य हो, यसले शरीरलाई कुनै हानी नोक्सानी हुँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन् । सोही क्लिपलाई लिएर सांसद गौतमको सर्वत्र बिरोध पनि भईरहेको छ ।
बलात्कारबारे आफुले बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे उनले प्रतिक्रिया दिएकी छिन् । शनिबार सामाजिक सञ्जालमार्फत गौतमले सो बेला आफूले बोलेको कुरा यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनःस्थापना सहज हुनसक्छ भन्ने मेरो आशय रहेको प्रष्ट पारेकी हुन् ।
उनले भनेकी छिन्– ‘अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो । यहाँहरुको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com