पुस ९ । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन गर्न थालेको छ ।
हिजोदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । हिजोदेखि नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । बाँकी रहेका सांसदहरूलाई आज हस्ताक्षर गर्न लगाइने एक नेताले बताए ।
कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।
कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् ।
सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेकी छन् । संसदमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com