पुष १५ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले प्रहरी कर्मचारीका लागी सेवा सुविधा बढाउन आफू लागिपर्ने बताए । करिब २० मिनेट लिखित भाषण गरेका लामिछानेले प्रहरी अधिकृतहरूलाई नेताका घरमा धाएर सरुवा नहुने चेतावनी दिएका छन् । ‘सरुवा बढुवाका लागि नयाँ कार्यविधि बन्छ’ गृहमन्त्रीले भने–‘अब नेताका घरमा धाएर सरुवा हुँदैन ।’
हिजोका दिनमा नेताको घरमा धाउनेहरूको पछि मूल्यांकन गरिने उल्लेख गर्दै लामिछानेले भने–‘नेताको घरमा जाने प्रथाको अत्य गर्नुपर्छ ।’ नेताका घरमा धाउने अधिकृतहरूलाई कारबाही गर्ने उनले चेतावनी दिए ।
प्रहरीमा हाम्रा भन्ने दिन गएको उद्घोष गर्दै गृहमन्त्रीले भने–‘राम्राको दिन सुरु भयो ।’ नेताको घरमा धाउने चलनका विरुद्ध आक्रोशित देखिएका गृहमन्त्रीले दैलो चहार्नेहरूको सरुवा नै नगर्ने बताए । सरुवा र बढुवामा अहिलेको मापदण्डलाई परिमार्जन गरिने उनको भनाइ छ ।
प्रहरी ‘पीडितको घर र पीडकको लागि डर’ हुनुपर्ने बताउँदै गुण्डागर्दी विरुद्ध निर्मम हुन उनले आग्रह गरे । ‘आर्थिक अनुशासनमा निर्मम हुन म संगठन प्रमुखलाई निर्देश गर्छु’ लामिछानेको भनाइ उद्धृत गर्दै एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘आर्थिक अनुशासनमा शून्य सहनशीलता लागू हुनुपर्छ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com