फागुन १९ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन्। आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि शुक्रबार काठमाडौंमा गरिएको अभिमुखीकरणका क्रममा उनले यस्तो बताएका हुन्।
कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ। हाम्रो पार्टीलाई या व्यक्तिालाई क्षति होस् पाँच वर्ष जे समझदारी भएको छ त्यसबाट दायाँ बायाँ चल्दैनु, उनले भने। उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप लगाएका छन्। यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ। पार्टीका कोही कसैलाई भेटेर केही हुँदैनु, उनले भने – कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन।
उनले आठ दलीय गठबन्धनमा रहेका दलहरुसँग एमालेले भोट मागेको कुरालाई केटाकेटी खेल भने।
आठ दल एक ठाउँ छन्, ती दलका कार्यालय धाएर केही हुनेवाला छैनु, उनले भने – यो जिस्काउने जस्तो काम भयो। हाम्रै गठबन्धनका साथीहरुले भोट दिने भए भन्दै हिँडिरहेका छन्। एकीकृत समाजवादी, लोसपा हामीसँगै छन् तर एमालेले आफूलाई भोट दिने भन्दै हिँडेछ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै उनको लहडले ५ वर्ष खेर गएको बताए। २०७४ देखि ७० सम्मको समय एउटा व्यक्तिको लहडले खेर गयोु, उनले भने, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि अब हामीसँग पाँच महिना समय छ। त्यसैले अब हामीले यो अवधिका जनताले देख्ने गरी काम थालेर पाँच वर्ष पुर्याउनुपर्छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com