वैशाख, १८ । प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले मानव आवतजावतसहित अब छिट्टै तातोपानी नाका पूर्ण रुपमा सुचारु हुने बताएका छन् । आज बिहानदेखि तातोपानी नाकाबाट आयात निर्यात सुचारु भएपछि एक विज्ञप्ती जारी गर्दै सांसद सापकोटाले नाका पूर्ण रुपमा सञ्चालन हुने बताएका हुन् ।
सांसद सापकोटाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसअघि चीनतर्फबाट मात्रै सामाग्री आयात हुँदै आएकोमा दुइदेशबीच भएको सहमती अनुसार आजदेखि नेपालबाट पनि चीनतर्फ सामग्री निर्यात सुरु भएपछि यसले हामीमा फेरी अर्को खुसी सञ्चारित भएको छ ।’ ‘यसबिचमा भएका कुटनीतिक भेटघाट एवं उच्चस्तरका पहलका क्रममा प्राप्त सूचना र प्रतिवद्धता अनुसार निकट भविष्यमै मानव आवतजावतसहित तातोपानी नाका पूर्ण रुपमा सुचारु हुने विश्वास दिलाउन चाहन्छु सांसद सापकोटाले भनेका छन् ‘नेपालतर्फ लिपिङस्थित अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापन, बाह्रविसे–लिपिङ सडक खण्डको मर्मत/स्तरोन्नति लगायतका अत्यावश्यक तयारीसहित नाकाको पूर्ण सञ्चालनका लागि निरन्तर पहलकदमी लिइराख्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु’।
उनले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै तातोपानी नाका सञ्चालनका लागि सबैखाले पहल गरेका थिए । सांसद सापकोटाले निर्वाचित भएपछि गएको पुस ५ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्रीलाई सवद्ध व्यक्तित्वहरुसहित भेट गरी यसबारे ध्यानाकर्षण गराएका थिए ।
संसदमा पनि तातोपानी नाका संञ्चालनका लागि सरकारको विशेष रुपमा ध्यानाकर्षण गराएका थिए । नाकालाई दोहोरो सञ्चालनका लागि चिनियाँ पक्षसँग औपचारिक एवं अनौपचारिक तवरबाट कुटनीतिक पहल पनि भैरहेको सांसद सापकोटाको भनाई छ । उनले चीनसँगको ऐतिहासिक एवं महत्वपूर्ण व्यापारिक नाका दोहोरो सञ्चालनका लागि पहल र प्रयत्नका लागि प्रधानमन्त्री, मन्त्रीहरु, निवर्तमान सभामुखलगायतमा आभार व्यक्त गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com