जेठ, २०। पछिल्ला तीन दिन यता तराईका जिल्लामा लु चलेपछि जनजीवन प्रभावित बनेको छ । लुम्बिनी प्रदेशका रुपन्देही , कपिलवस्तु, बाँके, बर्दिया, नवलपरासी जिल्लाको जनजीवन प्रभावित बनेको हो । प्रदेशका १२ जिल्ला मध्ये ६ वटा पहाडी र ६ वटा तराईका जिल्लाहरू पर्छन् । त्यसमा अहिले तराईका जिल्लाहरू गर्मीले मानिसको जनजीवन प्रभावित भएको हो । गर्मीका कारणले विद्यालय जान आउन कठिन भएपछि विद्यालयहरू बन्द गरिएको छ ।
धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् । बुटवल, भैरहवा, नेपालगन्ज, तौलिहवा जस्ता सहरमा दिउँसोमा मानिसहरू जरुरी काम बाहेक बाहिर निस्केका छैन । भैरहवामा पछिल्ला दिन यता ४० डिग्री आसपासमा ताप क्रम रहेको मौसम विभागले जनाएको छ । अत्याधिक गर्मी बढेपछि लुम्बिनी प्रदेशका तराईका स्थानीय तहले विद्यालय बन्द गरेको प्रदेश शिक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार गैरले रातोपाटीलाई बताए ।
कपिलवस्तुका बाणगंगा र कपिलवस्तु नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन । जिल्लाका अन्य ८ स्थानीय तहमा समेत गर्मी बढे पछि विद्यालय बन्द गर्ने बारे छलफल चलिरहेको छ ।
बाँकेको जिल्लाको नेपालगन्ज र खजुराका विद्यालय बन्द भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले २१ देखि २३ जेठसम्म विद्यालयको पठनपाठन रोक्ने निर्णय गरे पनि यहाँका विद्यालयले दुई सातासम्मका लागि पढाइ रोकेका छन् ।
नेपालगन्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार सामुदायिक, मदरसा र संस्थागत विद्यालयमा बर्खे बिदाबाट कट्टी हुने बिदा दिने निर्णय भएको छ ।
खजुरा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्रबहादुर मल्लले तीन दिनका लागि विद्यालयमा बिदा दिएको छ । अत्यधिक गर्मीले विद्यार्थीलाई आउजाउ गर्न र कक्षाकोठामा बस्न पनि समस्या भएपछि आइतबारदेखि तीन दिनका लागि बिदाको निर्णय भएकोले बताए । बुटवलका उपमहानगरपालिकाले विद्यालय जेठ २४ गतेसम्म बिदा गरेका छन् । एक हप्तादेखि अघिदेखि विद्यालयमा बन्द गरेका छन् ।
बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनाल वार्षिक बिदा तय गर्न विगतमा कार्यदल बनाइएको र त्यही कार्यदलको सुझावबमोजिम वार्षिक क्यालेन्डर बनेको बताए । बुटवलमा गर्मीका कारण बिरामी सङ्ख्या वृद्धि भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा।हरि पन्थीले बताए । उनले गर्मीले घमौरा,झाडा पखाल,तथा केहीलाई चक्कर आउने जस्ता समस्या देखिको बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com