काठमाडौँ । नेकपा एमालेको भदौ ९ गतेलाई तय भएर अन्तिम अवस्थामा स्थगित भएको केन्द्रीय सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका भदौ १३ गतेलाई सारिएको नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमालेले निरन्तर वर्षाका कारण नौ गतेको बैठक १३ लाई सार्नुपरेको जनाएको छ । तत्कालीन माले (हालको एमाले) ले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com