काठमाडौँ । सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदी माथिको पुल बाढिले बगाएपछि पुन बेलिब्रिज तत्काल निर्माण गर्न भन्दै त्यहाँका जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
आज सिंहदरवारस्थिति प्रधानमन्त्रीको कार्यालयमै भेट गरी सोलुखुम्बुका तीन स्थानीय तहका जनप्रतिनिधिहरुले यथाशिघ्र पुल बेलिब्रिज निर्माण गर्न जोड दिएका हुन् । भत्कीएको पुलका बारेमा जानकारी लिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पुन निर्माण सुरु गर्न भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् । भेटका लागि सोलुखुम्बुका थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईको नेतृत्वमा कोशीपारिका सोताङ र महाकुलुङ गाउँपालिकाका अध्यक्षद्धय खिलाराज बस्नेत र सूर्य कुलुङ, थुलुङदुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्की लगायत प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका थिए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले दिप्लीघाटमा पुल तत्काल निर्माण गर्न सरकार तयार रहेको बताएका छन् ।
अध्यक्ष असिम राईका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुल निर्माणका लागि प्रधानमन्त्री कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र नै लेखेको छ । र सम्वन्धीत मन्त्रालयले समेत सम्वद्ध विभागलाई यथाशक्य पुन निर्माण थाल्न निर्देशन गरेको छ ।
पुल भत्कीएर सोलुखुम्बुका दुई स्थानीय तहको सम्बन्ध विच्छेद भएको र जनताले पाएको कष्टका बारेमा अध्यक्ष राईले प्रधानमन्त्री प्रचण्डलाई अवगत गराएका थिए । थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई स्थलगत अवलोकन गरि आइतबार नै प्रधानमन्त्रीसंग भेट गर्न सोलुखुम्बुबाट काठमाडौँ हानिएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com