काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसिले राष्ट्रिय राजनीति ठिक ढङ्गले अघि नबढेको बताएका छन् । उनले सोलुखुम्बुबाट मनोनित तरुण दल र नेविसंघका केन्द्रिय सदस्यहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिँदै सो कुरा बताएका हुन् । त्यस्तै उनले अहिलेसम्मको इतिहासमै सबै भन्दा छोटो भाषण गरेका छन् । उनले देशको सँगै सोलुको पनि राजनीति सही ढङगले अघि नबढेको बताए ।
शनिबार काठमाडौको चुच्चेपाटी स्थित काठमाडौ फुड क्याफे एण्ड व्याङक्विटमा सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले नव मनोनित केन्द्रिय सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना आदनप्रदान कार्यक्रम राखेका थिए । सो कार्यक्रममा सोलुखुम्बुका काँग्रेसी नेता तथा कार्यकर्ताको उल्लेख्य रुपमा सहभागिता थियो । सोही कार्यक्रममा बोल्दै नेचा सल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले पाटी कमजोर भएको र संगठन विस्तारमा सबै एकजुट भएर लाग्न पर्ने बताए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com