काठमाडौँ । सोलुखुम्बुको सदरमुकाम सल्लेरबिाट माप्यदुधकोशी हुँदै खुम्बु जोड्ने सडकको कालोपत्रेका लागि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले एकलौटी रुपमा शिलन्यास गरेको भन्दै माप्यदुधकोशी गाउँपालिकाका जनप्रतिनिधिहरले आपत्ति जनाएका छन् ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले संविधान दिवसको अवसर पारी बुधबार शिलन्यास गरेका थिए । तर सल्लेरी–सिपिलगुडीडाँडा, काँकु, बासा अधेरी ओर्लाङघाट सडकखण्डको अधिकांश भूभाग माप्यदुधकोशी गाउँपालिकामा पर्ने भएपनि नगरपाकिलाका मेयरले मपाइत्व देखाई एकलौटी रुपमा शिलन्यास गरेकोमा माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष गौरव राई सहित सबै जनप्रतिनिधिहरुले आपत्ति जनाएका हुन् । शिलन्यासको खबर पाए लगत्तै प्रेस विज्ञप्ती जारी गर्दै माप्यदुधकोशी गाउँपालिकाले तथ्य नबंग्याउन मेयर शेर्पालाई आग्रह गरेका छन् ।
उक्त सडक खण्ड कालोपत्रेका लागि बजेटको श्रोत जुटाउन अघिल्लो कार्यकालका प्रतिनिधिसभा, प्रदेश सभाका माननीयहरु सहित गाउँपालिकाका अध्यक्षहरुको अथक मेहनत परेको स्मरण गर्दै अहिले शिलन्यास गर्ने बेला आफुले मात्रै जसले गरी शिलन्यास गर्नु आपत्ति भएको अध्यक्ष शेर्पा लगायत वडाध्यक्षहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सल्लेरीदेखि ओर्लाङघाट हुँदै खुम्बु जाने सडकको प्रथम चरणमा करिव १० किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड रुपैयाँ बजेट खर्च हुँदैछ । प्रदेश सरकारको बजेटमा निर्माण हुन लागेको उक्त सडकको ठेक्का सम्झौता भइसकेको छ । सो सडकको सल्लेरी देखि सेलीकुडी डाँडासम्मको करिव ६ किलोमिटर सडक सोलुदुधकुण्ड नगरपालिकाको क्षेत्रभित्र पर्दछ । त्यसपछि माप्य दुधकोशी गाउँपालिकाको क्षेत्र पर्दछ । सर्वोच्च शिखर सगरमाथा प्रवेश गर्ने सडक मार्गका लागि पहिलो पटक संचालनमा आएको उक्त सडक खण्ड कालोपत्रे योजना सुरु भएको हो । क्रमिक रुपमा उक्त सडक खण्ड कालोपत्रे गर्दै लैजाने सरकारको तयारी छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com