असोज, १८ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतालाई संसदमा दिएको अभिव्यक्ति पुनर्विचार गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद सापकोटाले प्रतिपक्षी दलका नेता ओलीले दिएको अभिव्यक्तिले फेरि अर्को द्वन्द्वको जस्तो चित्र आइरहेको भन्दै ओलीले आफ्नो अभिव्यक्तिमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले समाजमा भड्किरहेको अराजकता थप चर्काउने भउकाले पुनर्विचार गर्नुपर्ने सांसद सापकोटाको भनाई छ ।
सापकोटाले भने, ‘पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा घण्टौ भाषण गर्नुभयो । उहाँ नेतृत्वको केन्द्रीय समितिमा म पनि कुनै समय सदस्य भएकाले मेरो उहाँका प्रति सम्मान छ । तर उहाँले बोलेका केही कुरा निकै गम्भिर छन्’ ।
उनले भने, ‘उहाँले आफ्नो अभिव्यक्तिमा दुई वटा दृष्टिकोणले पुनर्विचार गर्न जरुरी छ । पहिलो, सामाजिक सद्भाव भत्किँदै अराजकताको दिशामा गएकाले सम्हाल्नु पर्नेछ । दोस्रो, द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालबाट सिकौँ भनेर भनिरहेका छौँ । यसलाई पुष्टि गर्न पनि उहाँले आफ्नो अभिव्यक्तिमा पुनर्विचार गर्नुपर्छ ।’
सांसद सापकोटाले २०६३ साल मंसिर ५ गते नेकपा माओवादी र सरकारका बीचमा भएको विस्तृत शान्ति सम्झौतालाई सजिलै नबिर्सिन आग्रह समेत गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com