फागुन, २० । पोष्टमार्टम रिपोर्टले चितवनकी शालिन पोखरेलको आत्महत्या भएको पुष्टि भएको छ । उनको बुबा आमाले छोरीको हत्या भएको भन्दै मिडियामा शोकाकुल आक्रोश व्यक्त गरिरहेका छन् । तर पोष्टमार्टम रिपोर्टले भने शालिन पोखरेलको आत्महत्या भएको पुष्टि गरेको हो ।
१४ वर्षीया शालिन पोखरेल चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी थिईन् । हत्या वा आत्महत्या भने रहस्यको पटाक्षेप भएपछि हत्याको कारण के थियो ? त्यो अनुसन्धानको पाटो बनेको छ । घटनास्थलमा भेटेका केही प्रमाण र घटना पूर्वका सुचनाहरुलाई जोडेर हेर्दा होस्टल व्यवस्थापकको पनि लापर्वाही वा टर्चर हुनसक्ने आशंका गरिएको छ । यद्यपी यस विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विभिन्न राजनीतिक दलका नेताहरुको अभिव्यक्ति, सामाजिक सञ्जालमा घटनाबारे आएका तर्कवितर्क र युट्युबहरुमा आएका विभिन्नखाले टिकाटिप्पणीले चितवन प्रहरी पनि दबाबमा परेको छ । घटनाको सुमा जाहेरी लिन अस्वीकार गरेको भनेर आरोप खेपेको चितवन प्रहरीले शनिवार विज्ञप्ती नै जारी गर्दै अनुसन्धानलाई प्रभावित गर्ने गरी सामाजिक सञ्जालमा विषयहरु सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com