फागुन, २३ । नेकपा एमाले र माओवादीसहित बनेको नयाँ गठबन्धन दलले मन्त्रीहरुको टुंगो लगाएको छ । आज दलहरूबीच बनेको नयाँ गठबन्धनले १७ जना मन्त्रीको टुंगो लगाएको हो । मन्त्रीहरुको टुंगो लगाएसँगै कार्यविभाजनसमेत गरिएको छ । जसमा एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् ।
कार्यविभाजन यस्तो छ
माओवादी
नारायणकाजी श्रेष्ठ – उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन – अर्थ
शक्ति बस्नेत – ऊर्जा
रेखा शर्मा – सञ्चार
हितबहादुर तामाङ – पर्यटन
एमालेबाट
रघुवीर महासेठ – उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी – कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती – रक्षा
भगवती चौधरी – महिला बालबालिका
राजेन्द्र राई – खानेपानी
दामोदर भण्डारी – उद्योग
ज्वालाकुमारी साह – कृषि
बलराम अधिकारी – भूमि व्यवस्था
रास्वपा
रवि लामिछाने – उपप्रधान तथा गृह
डीपी अर्याल – श्रम
विराजभक्त श्रेष्ठ – युवा तथा खेलकुद
सुमना श्रेष्ठ – शिक्षा
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com