वैशाख, २४ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरुको संख्या अझै यकिन हुन नसकेको बताउनुभएको छ । सोमबार सिहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा श्रेष्ठले रुसमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीहरुको संख्या रुस सरकारसंग माग गरिएको जानकारी गराउनुभएको हो । रुसमा मृत्यु भएका नेपालीहरुको शव नेपाली पठाउने र क्षतिपूर्ति समेत माग गरेको भन्दै उहाले क्षतिपूर्तिको बिषयमा रुस सरकारले सहमत जनाएको धारणा राख्नुभयो ।
श्रेष्ठले इजरायल–हमास युद्धमा हमासको कव्जामा रहेका भनिएका बिपिन जोशी औपचारिक र आधिकारिक अवस्थामा बारेमा जानकारी पाउन नसकिएको जानकारी दिनुभयो । उहाले आर्थिक कुटनीतिलाई मात्रै केन्द्रीत गर्नेगरि छुट्टै महाशाख बनाउने तयारी गरेको भन्दै यसबाट बिकास र समृद्धिको कार्यभार पुरा गर्न सहज हुने धारणा राख्नुभयो ।
परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट गरेको जिकिर गर्नुभयो ।
अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उहाको भनाइ छ । बैठकमा समिति सदस्यहरुले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने लगाएतका धारणा राखेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com