वैशाख, २८ । प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठक सुरु हुने बितिकै कांग्रेस सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए । सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए । कांग्रेस सांसदहरुले अवरोध गर्दा आफुले बोल्न पाउनुपर्ने भन्दै रास्वपा सभापति समेत रहनुभएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि आसनबाट उठ्नुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले लामिछानेलाई बस्न निर्देशन दिनुभयो ।
बैठकमा कांग्रेसका सांसदहरुले लगातार नारावाजी गरेपछि प्रतिनिधिसभाको बैठक जेठ १ गते साँँझ ६ बजे बस्ने गरि स्थगित गरिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com