जेठ, २ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा बोल्न पाउनुपर्ने बताउनुभएको छ । बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भएको छलफलपछि लामिछानले संसदमा आफुले बोल्न पाउनुपर्छ भन्ने बिषयमा छलफल भएको जानकारी दिनुभयो । उहाले लोकतन्त्रमा बोल्न पाउने अधिकार सवैको भएको भन्दै संसदमा आफुमाथि लागेको आरोपको बिषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राख्नुभयो । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उहाले बताउनुभयो ।
लामिछानले सदन र सडकमा आफ्नो विषयमा आरोप र गालीगलौज नै उठिसकेको अवस्थामा बोल्न पाउनुपर्ने बाहेक अरु कुनै माग नरहेको जिकिर गर्नुभयो । कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाउनुभएको थियो । एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने बिषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com