जेठ, ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखलाई प्रतिनिधि सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न अनुरोध गरेको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्ने भन्दै निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न अनुरोध गरेको हो । बैठकले संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अबरुद्ध मानिने भएपनि विपक्षी दल उभिएर विरोध जनाउँदा समेत वैठक सञ्चालन गर्ने कार्य उचित नभएको ठहर गरेको छ ।
बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारवाही गर्ने सुनश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने स्पष्ट अडान रहेको निष्कर्ष निकालेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको उल्लेख गर्दै संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको जानकारी दिनुभयो । सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको उहाले बताउनुभयो ।
बैठकले सरकार सहकारी ठगीबाट पिडित भएका नागरिक प्रति गैरजिम्मेवार र संवेदनहिन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको ठहर गरेको छ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न बैठकले चेतावनी दिएको लेखकले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com