जेठ, ६ । गृहमन्त्री रवि लामिछानेले आफूले सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको प्रष्ट पार्नुभएको छ । सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको मागबारे आइतबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिंदै गृहमन्त्री लामिछानेले आफू गोर्खा मिडिया प्रा.लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा आफ्नो कुनै निवेदन, हस्ताक्षर, नभको भन्दै आफ्नो बैंक खातामा पैसा आएको देखाउन चुनौती दिनुभयो । उहाँले जीबी राईले गरेका फोहोरको भारी आफूमाथि नथोपर्न आग्रह गर्नुभयो । आफूमाथि मिडियाबाजी गरेर मिडियाको हेडलाइनका आधारमा कांग्रेसले संसद् अवरुद्ध गरेको उहाँले आरोप लगाउनुभयो । गृहमन्त्री लामिछानेले कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै आफूलाई प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापतिलाई प्रश्न समेत गर्नुभयो ।
आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उहाँले झुटा मुद्दा र उजुरीसँग नडराउने बताउनुभयो । लामिछानेले संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट गर्नु कुन लोकतान्त्रिक अभ्यास हो भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गर्नुभयो । कांग्रेसका तर्फबाट गरिएको प्रधानमन्त्रीको प्रस्ताव आफूले अस्वीकार गरेपछि संसदीय छानबिन समिति मागिएको उहाँको भनाइ छ । लामिछानेले सहकारीको विषय ल्याएर कांग्रेसले एउटा व्यक्तिविरुद्ध राजनीतिक दमन र दादागिरी गरेको आरोप लगाउनुभयो ।
वैठकमा गृहमन्त्री लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले उठेर अवरोध थिए । सभामुख देवराज घिमिरेले आइतबारका सबै कार्यसूचीहरु खारेज गरिएको बताउनुभयो । कांग्रेसको अवरोधपछि सभामुखले अर्को बैठक जेठ ७ गते बस्ने गरी स्थगित गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com