जेठ, १३ । सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गर्दै बिपक्षी दलहरुले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् । आइतबार बैठक सुरु हुनेबितिकै बिपक्षी सांसदहरुले उठेर विरोध जनाएका हुन् । बिपक्षी सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई बोल्न समय दिनुभएको थियो । शाहीले हिजो प्रतिपक्षीमा बस्नेहरु सत्तापक्षमा पुग्दा बोलि फेरिएको आरोप लगाउनुभयो । उहाले सहकारी प्रकरणमा छानविन गर्न सरकारले खुट्टा कमाएको बताउनुभयो । शाहीले छानविन समिति बनाउदैमा विना प्रमाण कोहि दोषी वा निर्दोश नहुने भन्दै समिति बनाउनका साथ आग्रह गर्नुभयो ।
संसदीय छानविन समिति बनाएर जनतालाई न्याय नदिएसम्म विरोध जारी रहने उहाले बताउनुभयो । शाहीले धारणा राखेपछि सभामुख घिमिरेले कार्यसूचीलाई अघि बढाउनुभएको थियो । त्यसपछि कांग्रेस सांसदहरुले बेल घेराउ गर्दै नारावाजी गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com