जेठ, १३ । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताउनुभएको छ । गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद अवरोध हुन पुगेको बताउनुभएको हो । उहाले बिगतमा पनि बिभिन्न प्रकरणमा मुछिएका मन्त्रिहरुमाथि छानविनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गर्नुभयो ।
उहाले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दावी गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com