जेठ, २२ । नेकपा एमालेले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफ्नो पार्टी र अध्यक्षमाथि अनावश्यक आरोप लगाउने काम भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै उहाले गिरीबन्धुको बिषयमा बनाएको कानून कार्यान्वयन गर्ने क्रममा कमी कमजोरी भएपनि त्यस बिषयमा आफ्ना अध्यक्ष र पार्टीमाथि नियोजित रुपमा अनावश्यक आरोप लगाउने काम भएको बताउनुभएको हो । यसअघि पशुपतिमा जलहरिको कुरा उठ्दा छानविन गर्न एमालेले सहयोग गरेको भन्दै उहाले अहिले आएका सवै बिषयमा पनि छानविन गर्न एमाले तयार रहेको बताउनुभयो । एनसेल, टेरामस्क, बालमन्दीर, बाँसबारी लगाएतका प्रकरणको छानविनमा एमाले उभिन तयार रहेको उहाले बताउनुभयो । भट्टराईले अख्तियार, अदालत लगाएतमा बयान दिन जानु नपरेको एकमात्र पार्टी एमाले भएको दावी गर्नुभयो ।
उहाले यसअघि सर्वोच्चका प्रधानन्यायाधीश सुशीला कार्की र चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाइएको र अहिले सभामुखमाथि महाभियोग धम्की दिएको भन्दै कसैको धम्कीले एमाले नडराउने बताउनुभयो । सांसद भट्टराईले काठमाडौं महानगर र सडक डिभिजन कार्यालयको बिबादमा एमाले अध्यक्षलाईबीचमा ल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । पछिल्लो समयमा काठमाडौं महानगरपालिका प्रमुखले संयमता गुमाउँदै गएको उहाको भनाइ छ ।
उहाले काठमाडौंलाई सुन्दर बनाउन एमालेपनि सहकार्य गर्न तयार रहेको तर बिकासका नाममा समाजलाई बिभाजन गर्ने काम कदापी स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाले नेताहरुले देशका लागि गरेको योगदान र जेल बसाइको बिषयलाई पनि मजाकमा उठाउने काम कुनै देशभक्तले गर्न नसुहाउने बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com