जेठ, २४ । लुम्बिनी प्रदेश स्तरिय श्रमाधान रोजगार मेला बुटवलमा सुरु भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त आयोजनामा लुम्बिनी प्रदेश स्तरीय रोजगार मेला सुरु भएको हो । बुधबार मेलाको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले काम खोज्ने र रोजगारदाता बिचमा गहिरो खाडल रहेको बताउँदै त्यही खाडल पुर्नको लागि सातै प्रदेशमा मेलाको आयोजना गरिएको बताउनुभयो । मेलाले रोजगार दाता र श्रमिक बिच पुलको काम गर्ने, सीप प्रबद्धन र सीप सिक्न प्रेणित गर्दै स्वरोजगार बन्न सघाउने उहाँले बताउनुभयो । मन्त्री अर्यालले मेलाबाट प्रयाप्त रोजगारीको अवसर प्राप्त नभएपनि रोजगारी प्राप्तको लागि प्रयाप्त सुचना प्राप्त हुनेमा विश्वास दिलाउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दुई दिनसम्म सञ्चालन हुने रोजगार मेलामा ४० वटा विभिन्न रोजगारदाताका स्टल रहेको र १० हजार अवलोकन गर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकामा आफु बेरोजगार रहेको भन्दै १२ सयले निवेदन दिएको बताउँदै उहाँले मेलाबाट करिब ७ सय जनाले रोजगार प्राप्त गर्न सक्ने बताउनुभयो । मेला दुई दिन सम्म चल्ने आयोजकले जनाएको छ । मेलामा ४० वटा स्टल रहेका छन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com