असार, १७ । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा धर्ना दिएका छन् । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणाीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै सोमबार पनि मन्त्रालयमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्लानिङ अफिसरको रुपमा कार्यरत राजपत्रांकित तृतिय श्रेणीको अधिकृत माधव पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरुले काम नगरेपछि सरकारलाई दबाब सिर्जना भएको उनीहरुको दाबी छ । सम्बन्धित निकायले आफूहरुको माग सम्बोधन गर्ने पहल नगरेमा आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएकाछन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com