असार, २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने जानकारी सत्ता साझेदर दलहरुलाई गराउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास सिंहदरबारमा रास्वपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उम्मुक्ति पार्टी लगाएतका दलका नेताहरुसंग छलफल गर्दै आफुले सदनमा विश्वासको मत लिन लागेको जानकारी गराउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले सदनमा आफुमाथि अविश्वास आए त्यही अनुसार दृढतापूर्वक सामना गर्ने बताउनुभएको छलफलपछि नेताहरुले जनाएका छन् ।
बैठकपछि एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी कदमका बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाले आफ्नो पार्टी लामो समयसम्म माओवादीसंग साथमा रहने भन्दै सदनमा विश्वासको मतको पक्षमा मत दिने प्रतिवद्धता जनाएको धारणा राख्नुभयो । उहाले नयाँ गठबन्धनको उदेश्य पवित्र नरहेको र षडयन्त्र पूर्वक आएको निष्कर्ष रहको जिकिर गर्नुभयो ।
त्यस्तै रास्वपा सभापति रवि लामिछानेले पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाले प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा पार्टीको धारणा तय गर्न आन्तरिक छलफल गरिने बताउनुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अहिलेको राजनीतिक परिघटनाले लोकतन्त्रलाई सदृढ गर्ने भन्दा पनि मुलुकलाई अराजकता र पश्चगमनतर्फ लैजाने होकी भन्ने आशंका उत्पन्न भएको बताउनुभयो । प्रधानमन्त्रीले अविश्वास आए त्यसको सामना गर्ने बताएको र यसमा आफ्नो पार्टीको साथ रहने आफुहरुको भनाइ रहेको उहाले बताउनुभयो । बाइट……..
खनालले अर्को समिकरण बनाउने एमालेको कदम राजनीतिक नौटंकी भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्र नै दर्ता गरिसक्नुभएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com