काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा पहिरोमा परि ५ जनाको ज्यान गएको छ । वडा नम्बर ९ स्थित गोराखानीमा ३ जना र वडा नम्बर १० टाप्टीङमा दुर्य जनाको मृत्यु भएको हो । नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले प्रेस विज्ञप्ती जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मृतकको पोष्टमार्टम सहजताका लागि जिल्ला अस्पताल फाप्लु र वोङछु मेमोरियल नगर अस्पताल टाप्टीङमा व्यवस्थापन गरिएको उल्लेख गरेका छन् ।
नगरपालिका क्षेत्रमा उद्धार तथा थप समभावित क्षति हुन नदिन नगर प्रहरी परिचालन गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसंग सहकार्य गरिएको मेयर शेर्पाले बताएका छन् । आपत्कालिन अवस्थाका लागि एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राखिएको पनि मेयर शेर्पाले विज्ञप्तीमा उल्लेख गरो छन् ।
मेयर शेर्पाले अझै पनि नगरपालिकाको विभिन्न ठाउँमा घर, सडक लगायतको संरचना भत्कीएर ठूला मात्रामा भौतिक सम्पत्तिको क्षति भइरहेको बताउँदै मौसम पूर्ण रुपमा सुधार नहुँदासम्म यात्रा नगर्न र बाढी पहिरो आउन सक्ने जोखिमलाई मध्यनजर गरि सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com