कार्तिक, १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले विधिको शासनमा कुनै सम्झौता गर्दैन भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै थापाले जनतालाई सरकार भएको महशुस हुनुपर्ने र विधिको शासनका कुनै सम्झौता गर्दै भन्ने विश्वास जनतालाई गराउनुपर्ने बताउनुभएको हो । उहाले सहकारी प्रकरणमा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सरकारले काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । सहकारी ठगि गर्नेहरुको सम्पती बेचेर भएपनि सानो बचतकर्ताको रकम फिर्ता गर्ने काम सुरु गर्नुपर्ने उहाले बताउनुभयो ।
महामन्त्री थापाले सहकारी प्रकरणमा दोषि देखिएका सवैलाई कारवाही गर्नुपर्ने भन्दै उहाले संसदीय छानविन समितिको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाले सहकारी ठगीमा नाम जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई सुझाव दिनुभयो । जुनसुकै दलका नेता भएपनि अनुसन्धानमा गल्ती देखिए कारवाही गर्न सरकार पछि हट्न नहुने उहाले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com