कार्तिक, १९ । नेपालमा बिक्री हुने नुनमा माइक्रोप्लास्टिक कसरी मिसियो भन्नेबारे आफूहरूले अध्ययन गरेको त्रिचन्द्र क्याम्पसको वातावरण विज्ञान विभागका उपप्राध्यापक किशोरकुमार महर्जन बताउँछन्।
उनका अनुसार भण्डारणको अवस्था, प्याकेजिङ गरिएको मिति, प्रयोग गरिएको प्लास्टिकको मोटाइजस्ता विभिन्न कारणले माइक्रोप्लास्टिक नुनमा मिसिएको देखिएन। बरु उत्पादन प्रक्रियाको मुख्य भूमिका रहेको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। उक्त शोधपत्रमा उनीहरूले माइक्रोप्लास्टिकको मात्रा कम गर्न नुनलाई सफा बनाउने प्रक्रिया र त्यसको कच्चा पदार्थ एवं प्याकेजिङ प्रक्रियामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपालीले कति माइक्रोप्लास्टिक सेवन गर्छन् ?
महर्जनका अनुसार नेपालीले दैनिक र वार्षिक रूपमा औसतमा सेवन गर्ने नुनको मात्रालाई आधार मानी त्यसमा भेटिएको माइक्रोप्लास्टिकको अनुपात हेरिएको थियो।
त्यस क्रममा एक नेपालीले नुनका माध्यमबाट प्रतिवर्ष प्लास्टिकका झन्डै १,८५३ वटा सूक्ष्मकण सेवन गरिरहेको पाइएको छ। डब्ल्यूएचओले दैनिक पाँच ग्रामभन्दा कम नुन सेवन गर्नुपर्ने सिफारिस गरेको भए पनि नेपालीहरूले औसतमा झन्डै दोबर नुन खान्छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको नसर्ने रोगसम्बन्धी एउटा अध्ययन प्रतिवेदनमा नेपालीले सेवन गर्ने नुनको मात्राबारे विस्तृतमा उल्लेख छ।
त्यो प्रतिवेदनअनुसार नेपालीले औसतमा दैनिक ९।१ ग्राम नुन खाने देखिन्छ। लिङ्गअनुसार उक्त दर फरक छ। पुरुषले औसतमा दैनिक ९।६ ग्राम र महिलाले ८।७ ग्राम नुन सेवन गर्छन्। BBC
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com