कार्तिक, ३० । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न शुरु गरेको छ । शुक्रबार सिंहदरबारबाट उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र भारत तथा बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल माध्यमबाट संयुक्त रुपमा बंगलादेशमा विद्युत् निर्यातको औपचारिक सुरुवात गर्नुभएको हो । यसअघि भएको त्रिदेशीय सम्झौता अनुसार शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत बङ्गलादेश निर्यात गरिनेछ ।
बंगलादेश विद्युत निर्यात शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्काले बिजुली बङ्गलादेश निर्यात सुरु भएसंगै दक्षिण एशियामा नै विधुत बिक्रि गर्ने लक्ष्यमा अघि बढेको बताउनुभयो । उहाले नेपालको आर्थिक बिकासमा समेत सहयोग गर्ने जिकिर गर्नुभयो ।
विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराएको छ भने मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुगेको हो ।
प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसाका दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने यसअघि सम्झौता भएको थियो । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com