मंसीर, ४ । कास्की प्रहरीले रवि लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको एक महिना पूरा भएको छ। बीबीसीका अनुसार कात्तिक २ गते काठमाण्डूमा पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न पटकपटक अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा १७ अनुसार यस्तो कसुरमा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिएको र अनुसन्धान सन्तोषजनक लागेको अवस्थामा अदालतले पटकपटक गरेर बढीमा ९० दिनसम्म थुनामा राख्न अनुमति दिन सक्छ।
तर सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहे पनि रवि लामिछानेलाई कात्तिक २ बाटै गणना हुने गरी ९० दिनसम्म हिरासतमा राख्न प्रहरीले पाउँदैन। त्यही कसुरमा संलग्न भएको आरोप लागेका अर्का व्यक्ति पक्राउ परेको समयबाट ९० दिनको समय गणना हुन्छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com