मंसीर, ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट व्यहोरिने घोषणा गर्नुभयो ।
ओलीले सुखी नेपाली समृद्ध नेपाल सरकारको गन्तव्य रहेकाले त्यही अनुसार नागरिकको सामाजिक सुरक्षा योजना अघि सारेकाले यसलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जबाफदेही हुने बताउनुभयो ।
ओलीले मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने दाबी गर्नुभयो । उहाले अहिलेको संविधान र सरकार जनताप्रति जिम्मेवार भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले विश्वका जुनसुकै ठाउँमा बैदेशिक रोगजारमा गएका नेपालीहरुलाई सामाजिक सुरक्षा योजनामा समेट्ने धारणा राख्नुभयो । २०२४ सेप्टेम्वरको अन्त्यसम्म देशबाहिर रहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने र सामाजिक सुरक्षाको दायरामा ल्याइने उहाले बताउनुभयो । सरकारले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ गरेको अवसरमा हरेक बर्ष सामाजिक सुरक्षा दिवस मनाउदै आएको छ ।
सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ भएको ७ वर्षको अवधिमा १९ हजार ७६९ रोजगारदाता कोषमा आवद्ध भएका छन् भने ती रोजगारदातामार्फत अहिलेसम्म ५ लाख ४३ हजार ४९१ योगदानकर्ता आवद्ध छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com