काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनुभएको छ । आइतबार देखि पार्टी कार्यालय च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताउनुभएको हो ।
ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको टिप्पणी गर्नुभयो । उहाँले एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो । प्रतिवेदनमा माओवादी केन्द्र राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुरÞ्याउन उद्धत देखिएको र यसका लागि पूर्व राजावादीहरूसँग बाक्लै उठबस समेत देखिएको ओलीले उल्लेख गर्नुभएको छ ।
बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली काङ्ग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धनपछिका ६ महिना लगाएतका बिषयमा स्पष्ट पार्नखोज्नुभएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्तुत भएको र पारित समेत भएको केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । त्यस्तै पार्टीका नेताहरुमाथि भएको कारवाहीलाई पनि बैठकले सर्वसम्मत रुपमा पारित गरिएको उहाले बताउनुभयो ।
बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ । बैठक मंगलबार सम्पन्न गर्ने एमालेको तयारी छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com