काठमाण्डौ । बैंकहरुको कर्जा प्रवाहमा समस्या रहेको उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेलले बताउनुभएको छ । कृषि विकास बैंक लिमिटेडको ५८ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकहरुको निक्षेपकोे अनुपात बढेपनि कर्जा प्रवाह हुन नसकेको बताउनुभएको हो।अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैकंहरुले लगानी गर्नुपर्नेमा जोड दिनुभयो।उँहाले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उदेश्य हासिल हुन नसकेको बताउनुभयो ।उहाँले बैंकको क्षमता, सामथ्र्य र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी कार्यसुची बनाई अगाडि बढ्न सबै कर्मचारीहरुलाई आग्रह गर्नुभयो। बैंक प्रभावकारी रुपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उँहाले बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीेले बैंकहरुमा अराजक प्रवृत्ति मौल्याँएको बताउनुभयो। ऋण लिइसकेपछि तिर्दिन भन्ने परिपाटी विकास हुँदा अर्थतन्त्रमा केही समस्या देखिएको उँहाले भनाई छ ।यद्यपि यसका बाबजुद पनि समग्र मुलुकोे अर्थतन्त्र सुधारउन्मुख रहेको उँहाको उल्लेख गर्नुभयो ।मुलुकको राजस्व, तरलतामा वृद्धि वित्तीय व्यवस्थापनमा सुधार भइरहेको गर्भनर अधिकारीले बताउनुभयो । उक्त अवसरमा कार्यसम्पादनमा उत्कृष्ट रहेका कृषि बैंकका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com